बारम्बार सोधिने प्रश्नहरु

बारम्बार सोधिने प्रश्नहरु

प्रश्न नं १ : प्राईभेट फर्म भनेको के हो ?


उत्तर : एक जना व्यक्ति प्रोपराईटर भई प्राईभेट फर्म रजिष्ट्रेशन ऐन २०१३ बमोजिम दर्ता भएको फर्म प्राईभेट फर्म हो । विद्यमान व्यवस्था अनुसार निकासी पैठारी गर्ने प्राईभेट फर्म वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र सो मातहतका वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयहरु धनगढी, नेपालगन्ज, भैरहवा, वीरगन्ज र विराटनगरमा दर्ता हुन्छन भने प्रदेश भित्र व्यापार गर्ने फर्म सम्बन्धित प्रदेश कानुन बमोजिम तोकिएका प्रदेश अन्तरगतका घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता हुने व्यवस्था रहेको छ ।