प्रमुख कार्यहरु

१. वाणिज्य सम्बन्धी अन्तराष्ट्रिय व्यापार (आयात निर्यात) उद्देश्य राखी दर्ता हुने प्राइभेट तथा साझेदारी फर्महरुको दर्ता, नविकरण, संशोधन तथा खारेजी लगायतका नियमनका कार्यहरु गर्ने ।

२. कम्पनी कानुन अन्तर्गत दर्ता भएका व्यापारमूलक प्रकृति भएका कम्पनीहरुलाई आयात निर्यातका लागि व्यापार अनुमती प्रदान गर्ने ।

३. उपभोक्ता हक प्रचलन गराउनका लागि उपभोक्ता शिक्षा, नियामक निकायबीच समन्वय, बजार अनुगमन तथा अनुगमनका क्रममा कैफियत देखिएमा कारवाही लगायतका कार्य गर्ने ।